मोरङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनअघि नै संविधान संशोधन हुनसक्ने आंकलन गरेका छन् ।
हिजाे विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताएका हुन् । उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताए । उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने समेत स्पष्ट गरे ।
महासचिव पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढङ्गले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको जानकारी समेत दिए ।
प्रतिक्रिया