लहान/ सिरहाको दक्षिणी सिमाबर्तीक्षेत्र हुँदै भारत तर्फ मदिरा तस्करी गरेको आरोप लागेका बिष्णु साहले मुख खोलेका छन् ।
उधोग वाणिज्य महासँघ सिरहाका सल्लाहाकार समेत रहेका बिष्णुले आफूलाई मदिरा तस्करको आरोप लगाउनु खेदजनक रहेको बताए ।
गमरियास्थित आफ्नै निबासमा मदिराको होलशेल सञ्चालन गर्दै आएका बिष्णुले हुलाकी राजमार्गको ठाडी देखी बरियारपटी क्षेत्रका होटलहरूमा मदिरा वितरण गर्दैआएको बताउँदै भने – ‘ मेरो मदिराको ब्यापार फस्टाएकाले आरिस गर्नेहरूले मलाई भारत तर्फ मदिरा तस्करी गरेको आरोप लगाएका हुन् । उनिहरूको आरोपमा कुनै सत्यता छैन । आरोप प्रमाणित गर्न मेरो चुनौती भयो । ‘
सरकारलाई राजश्व तिरेर नेपालमै कारोबार गर्ने भएकाले प्रहरीप्रशासनलाई आफूले महिनावारी बुझाउन जरूरी नभएको बताउँदै उनले अगाडी भने – ‘ सरकारलाई बर्षको १०-१२ लाख राजश्व तिरेमछि प्रहरी प्रशासनलाई मैले किन पैसा बुझाउने ? ‘
अरूको प्रगती देखिनसक्ने नेपाली समाजको चरित्रको शिकार आफू बनेको दाबि गरे बिष्णुले ।
‘ म सोझो हिसाबले ब्यापार गर्ने मान्छे हो , लप्पन छप्पन जान्दिनँ , लगानी गरेर ब्यापार गरेपछि नाफा कमाउन सबै चहान्छन् ‘ – बिष्णुले भने – ‘ ब्यापारबाट रोजगारी सिर्जना गरेकोचाहीँ कसैले देख्दैन , न कसैले स्याब्बासी दिन्छन् ।’
देशको अर्थतन्त्र धारासायी बनिरहेको अबस्थामा आफूजस्ता ब्यापारीहरूको धैर्यता र लगनले अर्थतन्त्र चलयमान बनेको बताउँदै बिष्णुले भने – ‘ देशको अर्थतन्त्र चलायमान तुल्याउन मद्दत गरेको मा धन्यवाद दिनुपर्नेमा उल्टै तस्करको उपमा दिएर बदनाम गर्नखोज्नु खेदजनक छ , आपत्तीजनक छ । ‘
यसैबिच सशस्त्र प्रहरी बल नेपालका मधेश प्रदेश प्रमुख डिआईजी कालिदास धौवजीले सिरहा लगायत मधेश प्रदेशका आठै जिल्लाका सिमाक्षेत्रमा तस्करीमा शून्य सहनशिलताको नीति अपनाईएको बताएकाछन् ।
सिमाक्षेत्रको निगरानीलाई कडिकडाउ बनाईएको बताउँदै उनले भने – ‘ मधेश प्रदेशमा तस्करका दिन गए ।’
तस्करी नियन्त्रणका लागि सिमाक्षेत्रका नागरिकहरूसँग समन्वय गरेर सुरक्षाब्यवस्था कडा बनाईएकाले बिगतमाजस्तो हुनेगरेको तस्करी रोकिएको धौवजीको दाबि थियो ।
प्रतिक्रिया