गैडाकाे आक्मणले पथ प्रदर्शक घाइते

चितवन । चितवनको मेघौलीस्थित सामुदायिक वनमा गैंडाको आक्रमणबाट पथ प्रदर्शक माझी घाइते भएका छन् ।आक्रमणमा भरतपुर–२७ सिसौघारी टोल बस्ने २८ वर्षीय पथ प्रदर्शक जगबहादुर माझी घाइते भएका हुन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सदाबहार सामुदायिक वनमा विदेशी पर्यटकलाई घुमाउनेक्रममा गैंडाले आक्रमण गरेको हो । आक्रमणबाट माझीकाे पेट, टाउको र हातमा चोट लागेको छ ।

गैंडाले आक्रमण गरेपछि जंगल सफारीमा रहेको सोल्टी वेस्ट्रन रिसोर्टको गाडीमार्फत उद्धार गरिएको थियो । माझीलाई भरतपुर–२७ मा होमस्टे पनि चलाउने नेचर गाइड हरि अधिकारीले सहयोगी बनाएर लगेका थिए ।

‘उनीहरुलाई निकुञ्जले पहिले पनि अनुशासनपूर्वक काम गर्न सचेत गराएको थियो । तर अटेरी गरी वन्यजन्तुको नजिक जाने, पर्यटकलाई राप्ती नदीको किनारमा योग गराउने जस्ता गतिविधि गरेको सूचना पाएका थियौं,’ मगरले भने, ‘आज त गैंडाले आक्रमण नै गरेछ ।’ घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।