काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा मङ्सिर १२ गतेदेखि १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको र भूमिगत कार्य सम्पन्न भइसकेका केबलहरूमा Structure fitting, HT/LT cable rising, cable connection, bushbar arrangement तथा cable charging सम्बन्धी काम गर्न विद्युत् कटौती गर्न लागिएको केन्द्रले सूचनामार्फत जानकारी दिएको हाे।
प्राधिकरणका अनुसार तोकिएका सबै दिनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
आज शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग, नापि विभाग एरियामा विद्युत् आपूर्ति बन्द रहनेछ ।
यस्तै भोलि आइतबार शंखमुल मार्गमा विद्युत् आपूर्ति बन्द रहने भने पर्सि सोमबार बुद्धनगर, बिजुली बजार एरियामा विद्युत् कटौती हुने छ ।
यस्तै, मंसिर १५ गते मंगलबार ३१ नं. वडा कार्यालय एरिया, तिनकुने तरकारी बजार एरियामा विद्युत् कटौती हुने छ ।











प्रतिक्रिया