नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६ अङ्कले बढेर दुई हजार ६४७ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०६ अङ्कले बढेर ४८४ दशमलव ४५ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५८ अङ्कले बढेर १८४ दशमलव ४८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५९ अङ्कले बढेर १६४  दशमलव ५४ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर रु  छ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ मूल्यमा खरिद बिक्री भएको छ ।

	तेह्र उपसमूहमध्ये तीन उपसमूह बढ्यो भने १० उपसमूह घट्यो । आज १७० कम्पनीको शेयर बढ्यो भने  १०१ कम्पनीको शेयर घट्यो । त्यसैगरी आठ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार मुक्तिनाथ कृषि कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, कालिका लघुवित्त कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी उन्नति सहकार्य लघुवित्त संस्था, लक्ष्मी भ्यालु फण्ड र ओम मेगा फर्मासिटिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।