अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले तारकेश्वर नगरपालिक–५ लोलाङ धितालथोक डेरा गरी बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका–२ घर भएका २२ वर्षीय धिरज तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९७ ग्राम ६ सय ७० मिलिग्राम सहित हिजो(सोमबार) दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंबाट खटिएको प्रहरीले धिरजको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण शिवपुरी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित सोही नगरपालिका–४ गोकर्ण बस्ने सिन्धुली घर भएका ३० वर्षीय कृष्ण बहादुर भुजेल समेत ३ जनालाई हिजै राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५५ ग्राम ७ सय ४० मिलिग्राम सहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोरखपुर कोतवाली बेनीगञ्ज घर भएका ३५ वर्षीय मनिष सिंह, ३४ वर्षीय तनबिर मुसलमान र कपिलवस्तु मायादेवी गाउँपालिका–६ घर भएका २९ वर्षीय सफिक मुसलमान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका–९ प्रधान टोल बस्ने २५ वर्षीय युनिक श्रेष्ठ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ५० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले युनिकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-५ गुँरास टोल बस्ने ४९ वर्षीया गिता देवी राय सँग खरिद गरेको भन्ने खुल्नासाथ गिताको कोठा तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ७० मिलिग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  

यस्तै काभ्रे, बेथानचोक गाउँपालिका-४ प्रावलटोलबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ९ सय ग्राम र पोलेन करिब १ सय २३ ग्राम सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ३५ वर्षीय सागर केसी समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.६१ प ८९४० र बा.प्र.०२–०२६ प ११९२ नम्बरका मोटरसाइकलहरू समेत बरामद गरेको छ । 

यसैगरी कास्की, पोखरा महानगरपालिका–१४ बेलचौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ८० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही महानगरपालिका–१४ चाउथे घर भएका २९ वर्षीय रवी तिमिल्सिना समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका(१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित दाङ तुलसीपुर उपमहानगरपालिका–१६ बस्ने २४ वर्षीय अर्जुन वलीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

उता कञ्चनपुर, भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही नगरपालिका–३ बस्ने २९ वर्षीय गौरव भट्ट कपाडीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको प्रहरीले म.२ प ५७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-२ उल्टाखामबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय लक्ष्मण कपाडीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-२ माछाभौडीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही उपमहानगरपालिका(१३ बस्ने ३० वर्षीय अभिषेक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।