काठमाडौ । पशुपतिनाथ क्षेत्रमा चलिरहेको महिना लामो कोटीहोम महायज्ञको समाचार संकलनमा गएका पत्रकार श्यामसुन्दर पुडासैनीमाथि सांघातिक हमला भएको छ ।
गएराति कोटिहोममा भएको तनावबारे रिपोर्टिङका लागि पुगेका पुडासैनीमाथि हातपात भएको हो । पुडासैनी राति साढे १२ बजे कोटिहोमस्थल पुगेका थिए ।
फेसबुक लाइभ गरिरहेका पुडासैनीलाई उद्घोषकले ‘तपाईं समर्थनमा हो कि विरोधमा‘?’ भनेर सोधेका थिए । त्यसपछि मञ्च चढाइएका उनलाई अपमानपूर्ण व्यवहार गरिएको हो ।
मञ्चबाट उनलाई भीडले पछ्याएको थियो । उनको टाउकोमा सानोतिनो चोटहरू छन् । पुडासैनीले ‘आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल १‘ शीर्षकमा स्टोरी गरेका थिए । त्यही स्टोरी लेखेपछि उनलाई निशानामा राखिएको बुझिएको छ । यो स्टोरी कोटिहोमका मुख्य आयोजक विजय कृष्णमूर्तिले चलाएको कमाइ(धन्दाबारे थियो ।
गएराति पनि कृष्णमूर्तिकै मान्छेहरूद्वारा पुडासैनीमाथि हातपात भएको हो, जतिबेला मूर्ति त्यहीँ थिए । हातपात भइरहँदा कतिपय कृष्णमूर्तिका समर्थकले ‘मार्नुपर्छ‘’ भनेका थिए ।
कृष्णमूर्तिले ‘‘बंगलादेश बनाइदिने’ भड्काउपूर्ण अभिव्यक्ति दिएपछि त्यहाँ प्रहरी प्रवेश गर्न खोजेको थियो । त्यसेला उनका समर्थकहरूले चर्को नाराबाजी गरेका थिए । यसपछि प्रहरी फर्कियो । त्यसकै रिपोर्टिङमा पुगेका पुडासैनीमाथि हातपात भएको हो ।
उनmे आफ्नो सामाजिक संजालमार्फत आफू कोटीहोमबाट आफू मरेर पनि बाचेको आएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया