रवि लामिछाने परिवारसहित भारत जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने  तीर्थाटनका लागि परिवारसहित भारत जाने भएका छन् ।

सभापति लामिछाने आगामी कात्तिक आजदेखि तीन दिनका लागि भारत प्रस्थान गर्ने   सभापतिको निजी सचिवालयले जनाएको छ ।  यस अवधिमा उनले भारतका विभिन्न धार्मिक स्थलमा परिवारसहित पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

तीर्थाटनका क्रममा लामिछानेले उत्तराखण्ड, नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम तय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।