काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ। कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने जनाइएको छ ।
महाधिवेशनको मतगणना सकिए लगत्तै पार्टीले थापाको शपथ ग्रहणको समय निर्धारण गरेको हो । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ भने दसैँ पछिमात्र गर्ने तयारी कांग्रेसको छ।










प्रतिक्रिया