गृहमन्त्री गुरुङ भारत प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । उनी आज भारतको नयाँदिल्लीका लागि प्रस्थान गरेका हुन् ।

गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन त्यसतर्फ लागेका हुन् ।

गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो । भ्रमणको क्रममा उनको भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । असोज २७ गते उनले अमित शाहसँग भेटवार्ता गर्ने छन् । 

प्रधानमन्त्री वालेन्द्र शाह वालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत लागेका हुन् ।