काठमाडौँ । सङ्घीय संसदको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ । बैठक बिहान ९:१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा हुनेछ ।
समितिले असोज २३ गते सूचना प्रकाशित गरेर समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरूविरुद्ध परेका उजुरीमाथि आज असोज २६ गते छलफल गर्ने सूची तय गरेको थियो ।
आज बस्ने बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गरिनेे छ ।
सरकारले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जबरालाई राजदूतमा प्रस्तावित गरेको छ ।










प्रतिक्रिया