पर्यटन प्रवर्द्धनमा मनोज नेवाको सकृयता


नेपाल-ग्रीस मैत्री संघको २५ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष मनोज नेवा खड्गीको नेतृत्वमा ग्रीस भ्रमण सम्पन्न गरिएको छ । संघका अध्यक्ष मनोज नेवा खड्गीको नेतृत्वमा ग्रीसको औपचारिक भ्रमण सम्पन्न भएको हो ।

भ्रमणका क्रममा अध्यक्ष खड्गीले ग्रीसका लागि नेपाली राजदूतावास, एथेन्सस्थित प्रसिद्ध बेनाकी संग्रहालयका प्रमुख डा. सोफिया हान्डा लगायत ग्रीसका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो।

भेटवार्तामा बिभिन्न विषयमा महत्वपूर्ण छलफल गरि सहमति समेत भएको छ । ती सहमतीहरू निम्न छन् :

१. ट्राभलिङ प्रदर्शनी (Travelling Exhibition): बेनाकी संग्रहालयको सहकार्यमा नेपालमा ग्रीक संस्कृति सम्बन्धी प्रदर्शनी गर्ने।
२. बिजनेस सेमिनार: काठमाडौंमा नेपाल-ग्रीस व्यापारिक सेमिनार आयोजना गर्ने, जसको लागि ग्रीक दूतावासको आर्थिक तथा वाणिज्य विभाग प्रमुख Ms. Chryssa Prokopaki सँग विस्तृत छलफल भएको छ। उक्त सेमिनार २०२६ को नोभेम्बर दोस्रो हप्ता गर्ने प्रस्ताव गरिएको छ।
३. ग्रिक भाषा दिवस: आगामी ९ फेब्रुअरी २०२६ मा मनाइने विश्व ग्रिक भाषा दिवस (Greek Language Day) काठमाडौंमा विशेष कार्यक्रम गरी मनाउने।

भ्रमणको सम्पूर्ण प्रतिवेदन (Completion Report) तथा आगामी कार्यक्रमको विस्तृत अवधारणा पत्र (Concept Paper) ग्रीसको दूतावासमा औपचारिक रूपमा बुझाइसकिएको छ। दूतावासले कार्यक्रमहरूलाई सकारात्मक रूपमा लिएको छ।

भ्रमणको क्रममा प्राप्त सहयोगका लागि अध्यक्ष खड्गीले ग्रीसका लागि कार्यवाहक राजदूत Mr. Emmanuel, Ms. Pratishtha र Ms. Chryssa Prokopaki लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले आगामी ३० सेप्टेम्बरमा दूतावाससँग थप बैठक तय भएको जानकारी दिनुभयो।

यो भ्रमणले नेपाल र ग्रीसबीचको सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।
नेपाल – ग्रिसमैत्री साँस्कृतिक सँघका अध्यक्ष मनोज नेवाले देशको पर्यटन प्रवर्धनमा सकृयता बढाएका छन् । अध्यक्ष नेवाले हालै देशको पर्यट प्रवर्धनका लागि ७ ओटा देश भ्रमणमात्रै गरेनन् , विभिन्न कार्यक्रम पनि गरेर फर्किएका छन् । उनले ग्रिस , नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ग्रीसको राजधानी एथेन्समा साइकल र्‍याली आयोजना गरिएको छ। नेपाल–ग्रीस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवा खड्गीको नेतृत्वमा ग्रीस पुगेको नेपाली टोलीले नेपालको प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रचार गर्दै र्‍याली निकालेको हो।

नेपालका हिमाल, पहाड, प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा, धार्मिक स्थल र मौलिक कला–संस्कृति झल्किने ब्यानर तथा प्रचार सामग्रीसहित निकालिएको र्‍याली एथेन्सको कुकाकीबाट सुरु भएको थियो। एक्रोपोलिस, थिसियो, प्लाका, ज्यापियो हुँदै ओलम्पिक स्टेडियम (कालिमारमारो) र जिउस टेम्पल क्षेत्र पुगेको र्‍याली पुनः कुकाकीमै पुगेर समापन भएको थियो।

र्‍यालीमा नेपालबाट ग्रीस पुगेका विभिन्न क्षेत्रका प्रतिनिधि तथा ग्रीसमा रहेका नेपाली समुदायका अगुवाको सहभागिता थियो। टोलीमा बागमती विश्वविद्यालयका डिन डा. शिवराज अधिकारी, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, काठमाडौं महानगरपालिका–१८ का वडाध्यक्ष तथा पूर्वाधार विकास संयोजक राजेश कुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य उज्ज्वल कुमार घिसिङ, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र वर्ल्ड साइकल टुर च्याम्पियन नेपालका अध्यक्ष कवि कुमार महर्जनलगायत सहभागी थिए।

र्‍यालीमा सहभागीहरूले नेपालका हिमाल, पहाड, प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा, धार्मिक स्थल र मौलिक कला–संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सन्देश प्रवाह गरेका थिए। ब्यानर तथा प्रचार सामग्रीमार्फत नेपालको पर्यटनका विविध पक्षलाई ग्रीसका स्थानीय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने प्रयास गरिएको आयोजक पक्षले जनाएको छ।

र्‍यालीमार्फत नेपालको पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाको प्रचारसँगै दुई देशबीच सांस्कृतिक आदान–प्रदान, शैक्षिक सहकार्य तथा कला, संस्कृति, परम्परा र सम्पदाको प्रवर्द्धन गर्ने विषयमा जोड दिइएको छ भने अर्को तर्फ ग्रीसमा रहेका नेपाली समुदायको हितमा सहकार्य विस्तार गर्ने तथा उनीहरूको सीप, ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

त्यस्तै, ग्रीसको फोहोर व्यवस्थापन तथा सहरी व्यवस्थापन प्रणालीको अध्ययन गरी नेपालमा उपयोग गर्न सकिने अभ्यासबारे अनुभव आदान–प्रदान गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। ग्रीसको पर्यटन व्यवस्थापन, सरसफाइ र सार्वजनिक स्थल संरक्षणका अभ्यासबाट नेपालले सिक्न सक्ने पक्ष पहिचान गर्ने उद्देश्य रहेको जिल्ला होटल ब्यबसायी संघ काठमाण्डौंका अध्यक्ष सुरेश बरालले बताए ।

कार्यक्रममा ग्रीस–नेपाल फ्रेन्डसिप एन्ड कल्चर एसोसिएसनका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्स, ग्रीसका प्रतिनिधि कृष्ण पोखरेल सहभागि थिए ।

नेपाल र ग्रीसबीच कूटनीतिक सम्बन्ध स्थापना १९६२ देखि नै रहदै आएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। यस्ता कार्यक्रममार्फत पर्यटन, संस्कृति, व्यापार, शिक्षा तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता, साहसिक पर्यटन र ऐतिहासिक सम्पदाबारे ग्रीसमा प्रचारप्रसार गर्न साइकल र्‍याली प्रभावकारी माध्यम हुने आयोजकको विश्वास छ। यसले ग्रीससहित युरोपेली मुलुकबाट नेपाल आउने पर्यटक बढाउन पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।