काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताएका छन् ।
आज कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गगन आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्री भएको स्मरण गर्दै उनले भने, ‘मैले त्यतिबेलै भन्थे तपाईँले यो देशको नेतृत्व गर्ने बेला आउनसक्छ । आज आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ ।’
उनले बाँकी रहेका सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । नयाँ भन्नेहरूले बुढापाकालाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै गगनलाई त्यस्तो व्यवहार नदेखाउन आग्रह गरे ।










प्रतिक्रिया