रूपन्देही । नेपाली कांग्रेसका पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य दीपक गिरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर ३ बाट ९०७ मत प्राप्त गरी लोकप्रिय मतमा पहिलो हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित गिरीले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै गिरीले अनुभवी नेतृत्वको मार्गदर्शनसँगै युवाशक्तिको ऊर्जा र सहभागितालाई साथमा लिएर पार्टीलाई नयाँ गति दिन आफूले भूमिका निर्वाह गर्न चाहेको बताएका छन्। अनुभव र युवाबीचको सहकार्यबाट संगठनलाई थप बलियो, एकताबद्ध र जनमुखी बनाउने उनको प्रतिबद्धता छ ।
लामो राजनीतिक यात्राका क्रममा नेपाली कांग्रेसका विभिन्न चुनौती, आन्दोलन तथा संगठन निर्माणका अभियानमा निरन्तर सहभागी हुँदै आएको उल्लेख गर्दै गिरीले पार्टीको निष्ठावान कार्यकर्ताका रूपमा हासिल गरेको अनुभव र योगदानलाई आगामी नेतृत्वमा उपयोग गर्ने बताएका छन्।
उनले नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै पार्टीको आगामी यात्रामा जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।









प्रतिक्रिया