काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ ।
अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ ।
यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् ।
यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।
त्यसैगरी, आजै कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।










प्रतिक्रिया