गायक खेम सेञ्चुरी र हिन्दूवादीबीच सहमति

काठमाडौं । गायक खेम सेन्चुरी र हिन्दूवादी समूहबीच आज सहमति जुटेको छ । आफ्नो गीतबाट विवादित विषयवस्तु हटाउन सेन्चुरी तयार बनेसँगै सहमति जुटेकाे हाे।

सेन्चुरीको रचना, संगीत र स्वर रहेको ‘बाहुनबाजे’ बोलको गीतविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । हिन्दुवादी अभियन्ताहरूले उजुरी गरेपश्चात् ब्यूरोले हिजो दुवै पक्षलाई बोलाएर छलफल गरायो । हिजोको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज पनि बोलाइएको थियो । आज भने सहमति जुटेको हाे ।

सहमति अनुसार बंगुरकाे मासु शब्द हटाउने र मासु खाएकाे भिडियाेमा ब्लर गर्ने सहमति भएकाे छ ।