काठमाडौँ । वैदेशिक रोजगारी ठगीको आरोपमा नेपाली कांग्रेस र पत्रकारकी नेता प पक्राउ परेका छन् ।
रामेछापका कांग्रेस नेता भरत चौलागाईं र कांग्रेससम्बद्ध प्रेस युनियनकी केन्द्रीय सदस्य बालिका शिवाकोटीलाई प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नाम तथा पदको दुरुपयोग गर्दै उनीहरूले ठगी गरेका थिए ।
नेपालबाट इजरायलमा केयर गिभरको लागि कामदार लैजाने भनी नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताबमोजिम छनौटमा नपरेका मानिसहरुलाई उनीहरूले इजरायल पठाउने भनी रकम लिएको सीआईबीले जनाएको छ । उनीहरूले इजरायल जान लक्की ड्रमा नपरेकामध्ये १ सय ५६ जनासँग प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम संकलन गरेका थिए । सबैसँग गरी २ करोड ५० लाख ठगी गरेका थिए ।
यो कसुरमा रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं १ घर भएका वर्ष ५९ का चौलागाई र दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं ८ घर भएकी वर्ष ३२ की सिवाकोटी पक्राउ परेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराले जनाएका छन् ।










प्रतिक्रिया