सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु १५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु  तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ कायम भएको छ ।  

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको थियो ।