ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशूली पुगेका छन् ।

बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाको निरीक्षण तथा उद्धार कार्यबारे जानकारी लिन नुवाकोट गएका मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँग छलफल गरेको  मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । 

गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारका लागि समन्वय गरिरहेका छन्  । 	सो अवसरमा जलविद्युत् आयोजनाको सुरूङमा फसेकाहरुको उद्धारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरणबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए । 

मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोट गएका छन्  । मन्त्री श्रेष्ठले आजै हेलिकप्टरमार्फत रसुवास्थित विभिन्न जलविद्युत् आयोजनाको उद्धार स्थलको निरीक्षण गर्नुका साथै बाढीबाट प्रभावित परिवारसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।