चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट बगेर चितवनसम्म आइपुगेका ४८ जना मानिसको शव चितवनको सुरक्षा निकायले भेटेको जनाएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार आज चितवनको सिमानाभित्र पर्ने त्रिशूली नदी र नारायणी नदीमा खटिएका सुरक्षाकर्मीले ४८ जनाको शव बाहिर निकालेको हो ।
एसपी पौडेलका अनुसार आज बाढी त्रिशूली नदी हुँदै नारायणीमा आइपुगेपछि हराइरहेका व्यक्तिहरुको खोजी तथा उद्दारमा प्रहरी प्रशासन तयार थियो । जसले देवघाट भन्दा माथि र तल नारायणी नदीबाट ४८ जना मानिसको शव बाहिर निकालेको हो ।
आज नदीमा बाढीको बहाब धेरै छ । त्यसैले बेलुका भएपछि खोजी कार्य रोकिएको छ । भोलि बिहान उज्यालो भएलगत्तै खोजी तथा उद्दारमा खटिने उनले बताए । अहिले प्रशासनलाई भेटिएका शवको व्यवस्थापन चुनौतीको रुपमा रहेको जनाएको छ ।
आजसम्म भेटिएका शवलाई भरतपुर अस्पतालमा व्यवस्थापन गरिएपनि ३० भन्दा बढी शव एकैपटक व्यवस्थापनका लागि समस्या हुँदा भोलि व्यवस्थापनको लागि वैकल्पिक स्थानको खोजी भइरहेको एसपी पौडेलले नेपाल प्रेसलाई बताए ।









प्रतिक्रिया