भोली मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले भोली(बुधबार) मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२०८२–११–१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाउँदै २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको छ।

मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले गृह मन्त्रालयले उक्त दिन बिदा दिने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा भदौ ९ गते जारी सूचनामार्फत सार्वजनिक बिदाबारे जानकारी दिइएको हो।

सूचनामा भनिएको छ,‘मिति २०८२र११र१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा मुस्लिम आयोगबाट मिति २०८३ साल भाद्र १० गते बुधबारका दिन मोहम्मद जयन्ती परेको व्यहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ भाद्र १० गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै, मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा मन्त्रालय हार्दिक शुभकामना व्यक्त गर्दछ ।’