बालिका हत्या आरोपीको भिडियो बनाएको अभियोगमा प्रहरी हवल्दार पक्राउ

जनकपुरधाम । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा आरोपी सुमन थापाको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा प्रहरी हवल्दार प्रकाउ परेका छन् ।

प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरि अहिले हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।

आरोपितको अनुसन्धान चलिरहेको बेलामा प्रोटोकल बाहिर गएर खिचेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओ बाहिरिएसँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ।

भिडिओ खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।