कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। उनले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् । २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। उनका पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।
नेकपाका तर्फबाट साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ र साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले विश्वासको मत दिएका हुन्।
विपक्षमा भने काङ्ग्रेसका १७ र राप्रपाको १ मत गएको छ ।









प्रतिक्रिया