रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत प्राप्त भएको छ । आज उनले प्रदेशसभासमक्ष विश्वासको् मत लिएका थिए ।
प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् ।
प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।
विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका हुन् ।
आचार्यलाई एमालेका २९, नेकपाका १२ मध्ये ११ (एक विदेश भएकाले अनुपस्थित), जसपा नेपालका ५ मध्ये ४(अम्बिका काफ्ले अनुपस्थित), जनमोर्चाको १ मत आएको हो ।
प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए ।










प्रतिक्रिया