काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही नबनेको भन्दै विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीको नाममा रुलिङ गरेका हुन् । बैठक शुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले सदाझैँ आज पनि संसदमा प्रधानमन्त्रीको उपस्थिति खोजेका थिए ।
त्यसपछि सभामुख अर्यालले भने, ुप्रतिनिधिसभाको बैठकमा उपस्थित भइ संसद नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीज्यूलाई निर्देश गर्दछु ।ु
विपक्षी दलका सांसदहरुले लामो समयदेखि यस प्रकारको रुलिङ गर्न माग गर्दै आए पनि सभामुखले गरेका थिएनन् ।










प्रतिक्रिया