पत्रकार श्रेष्ठकाे पेशी ढकाल र सुवेदीकाे इजलासमा

काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज पेशी तोकिएको छ ।

उनको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको हाे।

वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते अदालत उपस्थित गराउन आदेश भएको थियो ।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित घरबाट पक्राउ गरेको थियो ।

उनको पक्राउपछि पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।