पत्रकार किशाेर श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन सर्बाेच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ साेमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसहित उपस्थित गराउन आदेश दिएको हो ।

रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए ।