पोखरा । गएरातिको वर्षाका कारण कास्की-पर्वत जोड्ने पुल बगेको छ । अन्नपूर्ण मन्दिर गएका सर्वसाधारण त्यहीँ अलपत्र परेका छन् ।
राति २:१५ बजे कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो । अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमानामा पर्ने नयाँ पुल-बिरेठाटी सडक खण्डको छेउ, मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिस अलपत्र परेका छन् । आवतजावत गर्ने दुई मेटलको पुल (पर्वत र कास्कीतर्फ) सहित मन्दिरको आधा भाग समेत नदीले बगाएको छ ।
मन्दिरमा रहेका एकजना सन्त पुजारी र दुई भक्तजन त्यहीँ फसेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धारका लागि सशस्त्रको २४ नम्बर कालिका गण कास्किबाट चार जना रोप रेस्क्यू र तीन जना गोताखोर सहितको घटनास्थल पुगेका छन् ।










प्रतिक्रिया