पत्रकार श्रेष्ठलाई तीन हिरासत राख्न अनुमति

काठमाडौँ। पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

हिजाे राति उनलाई ललितपुरस्थित घरबाट प्रहरीले पक्राउ गरेकाे थियाे ।