काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम लिन अस्वीकार गरेका छन् ।
काइरालाले सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि विनियोजन गरेको दुई करोड रुपैयाँ लिन अस्वीकार गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै २० साउनमा पत्र पठाएर शेखरले कोइराला निवासको मर्मत तथा सम्भारका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।
पत्रमार्फत उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोप्रति आभार व्यक्त गरेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको कोइराला निवासा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो ।









प्रतिक्रिया