काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सांसदहरूलाई सदनमा अब उप्रान्त निर्मला पन्त प्रकरणका प्रश्न नसोध्न आग्रह गरेका छन् । आज राष्ट्रियसभाको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले यो प्रकरणबारे प्रश्न सोध्दा उनले यो घटाको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताउँदै यसले निर्मालाको आमाको मनमा बारम्बार चोट पुग्ने भएकोले बारम्बार प्रश्न नसोध्न आग्रह गरेका हुन् ।
उनले यो विषय एकदमै संवेदनशील भएको भन्दै प्रश्नकर्ता सांसदलाई भने, ‘हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको ? अहिले हामीलाई आएर त्यो भारी बोकाउने ? संवेदनशील विषयलाई हामीले जहिले पनि एउटा आमाको घाउलाई कोट्याएको कोट्याई गर्ने ? सदनबाट उहाँलाई पीडा दिइराख्ने हो ?’
उनले यसको चरणबद्ध रूपमा सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको भन्दै रिजल्ट चाँडै दिने बताए । सांसद विश्वकर्माले फेरी दोहो¥याएर त्यही प्रश्न सोधेपछि उनले यसको उत्तर ननिे बताए ।









प्रतिक्रिया