राेजगारीका लागि कतार लैजाने भन्दै ठगीमा संलग्न चार पक्राउ

काठमाडाै । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक मलेसियन नागरिकसहित चार जना पक्राउ परेका छन् ।

लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दावलाई प्रहरीले हिजाे पक्राउ गरेकाे हाे।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।