काठमाडौं । सुनसरीको कप्तानगञ्ज गोलीकाण्डमा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको छ ।
घटनालगत्तै उपचारका लागि काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शरीरमा गोली लागेको थियो । स्वास्थ्य स्थिति जटिल भएका कारण गोली निकालिएको थिएन ।
योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।









प्रतिक्रिया