भक्तपुर । अदालतले म्याद थप्न नमानेपछि दुर्गा प्रसाईं रिहा भएका छन् । राजावादी आन्दोलन चलाउने घोषणापछि प्रहरीले उनलाई हिजाे राति पक्राउ गरेकाे थियाे।
जिल्ला प्रहरी भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनलाई हिरासतमा नराखी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
उनका विरुद्ध साइबर अपराध, राज्यविरुद्ध, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले म्याद मागेको थियो ।
भक्तपुर जिल्ला अदालतले ती सबै कसुरमा हिरासत बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।










प्रतिक्रिया