परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ ।

तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।


यही मुद्धामा उनलाई पक्राउ गरेको सिआइबीले जनाएको छ ।

मुद्दा दायर हुँदा उनी उपस्थित नभएकाले अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।