दुर्गा प्रसाईको पक्राउविरुद्ध समर्थकहरुले प्रदर्शन गर्दै

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको पक्राउविरुद्ध उनका समर्थकहरुले प्रदर्शन गर्दैछन् । गएराती भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै समर्थकहरुले अहिले माइतीघरमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले हिजो बिहान पत्रकार सम्मेलन गरेर सरकारको चर्को आलोचना गरेका थिए । प्रधानमन्त्री बालेन साह र गृहमन्त्री सुदन गुरुङले देशलाई गम्भीर संकटमा पारेको दावी गरेका उनलाई समात्न जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोली मध्यपुर ठिमीस्थित घरमै पुगेको थियो ।

राप्रपाबाट अलग भएका धवल शमशेर राणासँग मिलेर नयाँ पार्टी खोल्ने तयारी गरिरहेका प्रसाईंले पछिल्ला वर्षहरुमा राजसंस्थाको चर्को वकालत गर्दै आएका छन् ।