काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको छ । उक्त स्थानका सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए।
बसको् ठक्करले उक्त कार नदीमा खस्न पुगेको बताईएको छ ।
नदीमा खसेको कारको नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बर समेत खुल्न बाँकी रहेको एसपी सिंहले बताए ।
कारमा चार जना सवार रहेको बताईए पनि एकिन नभएको समेत प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थरिहरेको छ ।










प्रतिक्रिया