सरकारको संघीय सांसदसमक्ष ९ वटा विधेयक पेश गर्ने निर्णय

काठमाडौं । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।

यी हुन् स्वीकृत भएका विधेयक-

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,

खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,

संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक,

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक,

बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक,

आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक,

कर्मचारी सञ्चय कोष ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक