काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्तलाई नियन्त्रणमा पक्राउ गरेको छ।
आज बैंकिङ कसुरमा काठमाडौंको तीनकुनेबाट उनलाई नियन्त्रणमा लिएको सिआइबीका प्रवक्ता एवं एसएसपी अनुपम शमसेर जबराले जानकारी दिए।
उनका अनुसार पन्तले कर्जा रकम दुरूपयोग गरेको कसुरमा पक्राउ गरेको हो।
यसअघि सिआइबीले रूपन्देहीका ५८ वर्षीय शशिधर शर्मालाई पक्राउ गरेको थियो। एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष रहेका शर्मालाई सिआइबीले असार ३० गते पक्राउ गरेको थियो।
शर्माले प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएका थिए। नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभाग २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण गरेको थियो।
प्रतिवेदनले रिसोर्ट निर्माण र जग्गा खरिद गर्नका लागि लिइएको कर्जा अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरेको देखाएको थियो।
बैंकको नाममा जग्गा दृष्टिबन्धक समेत नगरी पछि गर्ने भन्ने कबुलियतनामा कागज गराएर कर्ता लिएको र पारिवारिक सम्बन्ध भएकै कारणले उनले दुरूपयोग गरेको आरोप छ। यसकै कारण उनलाई पक्राउ गरेको हो ।









प्रतिक्रिया