काठमाडाै । सहकारी ठगी प्रकरणमा पक्राउ परी प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का थुनामुक्त गरेर अनुसन्धान गर्न रास्वपाले माग गरेकाे छ ।
रास्वपाका सांसदले संसदीय समितिमा रविलाई थुनामुक्त गरेर अनुसन्धान गर्न माग गरेकाे हाे । प्रतिनिधिसभाकाे राज्यव्यवस्था तथा सुशासन समितिकाे बैठकमा रास्वपा सांसद डा. चन्दा काकर्कीले यस्ताे माग राखेकी हुन् ।
गृहमन्त्री रमेश लेखक सहभाागी बैठकमा उनले भनिन्, ‘रवि लामिछानेज्यूले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था छ । उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन । उहाँ भागेर जाने व्यक्ति पनि होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ । रवि लामिछानेलाई थुना मुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु ।’
समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएको थियो, तर नआएकोमा सांसद कार्कीले समितिको बैठकमार्फत प्रधानमन्त्रीलाई आफूले यसअघि बोलेको कुरा नफेर्न
उनले भनिन्, ‘समितिको बैठकमा प्रधानमन्त्री आउने कुरा थियो, तर अन्तिम समयमा आउनुभएन । उहाँ आएको भए उहाँको अगाडि राख्ने सोचेकी थिइनँ । नआए पनि यसै समितिमार्फत आग्रह गर्न चाहन्छु, प्रधानमन्त्रीप्रति मेरो मनैदेखि सम्मान छ । मैले मेरो प्रधानमन्त्रीले लिने निर्णयमा ठाडो शीर गरेर सम्मान गर्न चाहन्छु, तर समिति, सडक र सदनको भनाइ र गराईमा सामञ्जस्यता ल्याउन जरुरी छ । सबैको अगाडि प्रस्ट रुपमा यसअघि प्रधानमन्त्रीले रवि लामिछानेको संलग्नता छैन भन्नुभएको थियो । अहिले त्यसको उल्टो कार्य र निर्णय हुँदा चुप बस्नुहुन्छ ?’
प्रतिक्रिया