काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा लेदाेसहितकाे बाढी आएको छ । यसरी बाढी आएपछि गाउँपालिकाकाले हिम ताल फुटेकोले बाढी आएको आशंका गरेको छ ।
बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।
प्रमुख जिल्ला अधिकरी देवी पाण्डेले भोटेकोशी साइड थामेमा ठूलो बाढी आएको बताउदै हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषयमा भने बुझ्ने काम भइरहेको जानकारी गराए ।
प्रतिक्रिया