पर्सा । जबरजस्ती बलात्कार मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–२४ बस्ने सोही महानगरपालिका–२८ बगही घर भएका २२ वर्षीय आकाश तिवारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा संलग्न रही २०८२ साउन २३ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरंगज महानगरपालिका६ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया