काठमाडाै । प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ पानीपोखरीबाट एक जनालाई आज(शुक्रबार) पक्राउ गरेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
यसरी पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल रहेको उनले जानकारी दिए । उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालन एवं शेयरधनी रहेको एसपी बोगटीले जानकारी दिएका छन् ।
खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको हो । खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको समेत एसपी बोगटीले बताए।
प्रतिक्रिया