चितवन । सरिता इभेन्ट्स नामक संस्थाले चेपाङ अभियन्ता केपी किरण शर्मालाई सम्मान गरेकाे छ ।
हिजाे चितवन भरतपुरमा आयाेजित बृहत कार्यक्रमबीच शर्मालाई सम्मान गरिएकाे हाे ।
शर्मालाई बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र संस्थाका संस्थापक सरिता आचार्य लगायतको हातबाट रुद्राक्षको माला लगाई सम्मानपत्रद्वारा सम्मान गरिएको हाे।
शर्माले गामबेसी चेपाङ संरक्षण केन्द्र संचालन गरेर गरिवीकाे रेखामुनी रहेका चेपाङहरुकाे बालबालिकालाई आवासीय व्यस्थासहित पठनपाठन गराउदै आएका छन् । उनलाई चेपाङहरुकाे `बा´ भनेर समेत सम्बाेधन गर्न थालिएकाे छ ।
प्रतिक्रिया