उप्रेती समाजकाे साधारण सभा सम्पन्न

काठमाडौं । उप्रेती समाजसेवा समितिकाे साधारण सभा सम्पन्न भएकाे छ । समितिका अध्यक्ष सोभित उप्रेतीको अध्यक्षतामा हिजाे(शनिबार )सम्पन्न भएकाे हाे । साे अवसरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई सांसदलाई सम्मान समेत गरेकाे छ । सम्मानित हुने सांसदहरु प्रशान्त उप्रेती र रिना उप्रेती केसी रहेका छन् ।

सभामा संस्थाको वार्षिक प्रगति, आगामी योजना तथा विभिन्न गतिविधिबारे छलफल गरिएको थियो। सो अवसरमा स्मारिका लोकार्पणसमेत गरिएको थियो ।अध्यक्ष उप्रेतीले संस्थाको भवन निर्माण कार्य चाँडै सुरु गरिने जानकारी दिँदै समाज सेवाका गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त र रिनाले उप्रेती संसार पुस्तकको विमोचन गरेका थिए । सोही कार्यक्रममा क्यालेन्डरको विमोचन उप्रेती परिवारका सन्ततिले सामूहिक रूपमा गरेका थिए ।

कार्यक्रम पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, जलस्रोतविज्ञ धर्म उप्रेतीलगायतले मन्तव्य व्यक्त गरे । स्वागत मन्तव्य महासचिव लक्षण उप्रेतीले गरेका थिए ।