रविलाई भाेली अदालत उपस्थित गराईने

काठमाडाै ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई भाेली (आइतबार) अदालत उपस्थित गराईने भएकाे छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर हिजाे राति नै लामिछानेलाई पोखरा लगिएको थियाे।

आज (शनिबार) अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो।

अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो।