हनीट्रयाप काण्डमा मुछिएका ईन्सपेक्टर शाहीबिरुद्व पक्राउपुर्जी जारी

काठमाडौ।बलात्कार मुद्दामा फँसाईदिने भन्दै तीस लाख रुपैयाकाे बार्गेनिङ गर्ने भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीबिरुद्व पक्राउ पुर्जी जारी भएकाे छ ।

हनी ट्र्याप प्रकरणमा मुछिएकी ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख शाहीविरुद्ध दशैं अगाडि नै पक्राउ पुर्जी जारी भएको बताईएकाे छ ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै अब उनलाई पक्राउ गरिने बताए ।

यो प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परेका छन्। ती सहायक हवलदार भैँसेपाटी वृत्तमै कार्यरत थिए।