टि-२० विश्वकप: नेपालले इटालीलाई दियाे १२४ रनकाे लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट हुन पुगेकाे थियाे ।