नेपाल प्रहरीमा एक एआईजी र पाँच डिआइजीको पद रिक्त, कहिले होला बढुवा ?

काठमाडौं । नेपाल प्रहरीमा अहिले एक एआईजी सहित पाँच डिआईजी पद रिक्त रहेका छ । गत भदौ १६ देखि अहिलेसम्म नेपाल प्रहरीमा एक एआइजी र पाँच डीआईजीको पद रिक्त हुन पुगेपनि बढुवाको सुरसार अहिलेसम्म भएको छैन ।

डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएसँगै एक एआइजी र पाँच डिआइजीको पद रिक्त हुन पुगेको हो। विपत्तिमा नेपाल नभएका आइजीपी वसन्तबहादुर कुँवरको अनुपस्थितिमा पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पोखरेलको बिदाई गरेका थिए ।

मधेश प्रदेशबाट समयावधि नपुग्दै तानिएका र कारवाही गर्ने हल्ला गरिएका डिआइजी पोखरेललाई चुपचाप विदाई गरिएको थियो ।

उनको अवकाशसँगै नेपाल प्रहरीका एआइजीको एक र डिआइजीको पाँच पद रिक्त भएपछि बढुवाको लाइनमा रहेका एक दर्जनबढी एसएसपीहरु बढुवाको लागि दौडधुपमा लागेका छन् । असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ।

उनीहरुको बढुवामा अझै केही समय लाग्ने बताइएको छ । कार्यसम्पादन मूल्यांकन तथा प्रहरी दिवसपछि मात्रै रिक्त रहेको करिव दुई सय पदमा बढुवा हुने बताइएको छ । दशै अघि बढुवाको प्रकृया अगाडी नबढ्ने लगभग पक्कापक्की भएको गृहस्रोतको दाबी छ ।