जनकपुर । मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० बैठकमा अनुपस्थित रहेको प्रदेशसभा सदस्यलाई सभामुख रामचन्द्र मण्डलले आजदेखि नै लागूहुनेगरी प्रदेश सभा सदस्य पदबाट मुक्त गरेका हुन् ।
मधेस प्रदेश सभा सचिवालयले बिहीबार राती जारी गरेको सार्वजनिक पत्रमा ५ सांसद पदमुक्त भएको उल्लेख छ । उनीहरुलाई प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित भएका कारण पदमुक्त गरिएको जनाइएको छ ।
यसरी पदमुक्त हुने सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार सर्लाही, सारदा शंकर कलबार बारा रहेका छन् ।










प्रतिक्रिया